- अर्थ सरोकार सम्बाददाता
काठमाडौं -ने पाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ कार्यलय प्रवेशमै रोक लगाउने तयारी भइरहेको रहस्य फेला परेको हो । दुई कर्मचारी युनियनहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक पक्षीय रुपमा गलत कुराहरु प्रचार गर्ने र कार्यालयमा असम्वन्धित मानिसहरुको जमघट गराएर आतकिंत पार्ने काम गरेको भन्दै कर्मचारी युनियनले विरोध जनाएका हुन ।
काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराएको भनी प्रचार गरेको थिए । उक्त कुरालाई उर्जामन्त्री जनार्दन शर्माले बिहीबार आयोजित एक कार्यक्रममा खण्डन गरिसकेका छन् ।
प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उर्जा मन्त्रालयका सचिवलाई ध्यानाकर्षणपत्र बुझाउँदै काँग्रेस र एमाले निकट युनियनहरुले उर्जा मन्त्री र कार्यकारी निर्देशक घिसिङले क्रियाशीलका पदाधिकारीलाई पक्राउ गराउने, विभागीय कारवाही गर्ने धम्कीका साथ ट्रेड युनियनका साथीहरुलाई आतंकित पार्ने काम गरेको जानकारी गराएका छन् ।