
- रोहन शर्मा
बर्षौंदेखि लोडसेडिङको मार खेप्दै आएको काठमाण्डौ अहिले आएर करिव करिव लोडेसेडिङ मुक्तजस्तै देखिएको छ । योपनि सार्वजनिक पद धारण गरेका एक ब्याक्तीको जिम्मेवारीबोधको कारण। अन्यत्रको विद्युत कटौती गरेर राजधानीमा सप्लाई गरिएर लोडसेडीङ हटाईएको नभई यहीभित्रकै चुहावटलाई नियन्त्रण गरी यसको समुचित वितरणनै लोडसेडिङ करिव करिव अन्त्य हुनुको कारण हो ।
स्वेदेशकै श्रोत र साधन उपयोग गरेर गौरवको आयोजनाको रुपमा स्थापित चिलिमे मोडललाईनै आत्मासाथ गर्दै अघि बढिरहेको मध्य भोटेकोशी , रसुवागढी , सान्जेन लगायतको परियोजनामा आज भन्दा करिव २ बर्ष पहिले राजनैतिक हस्तक्षेप हुँदा तत्कालिन आयोजना प्रमुख कुलामान घिसिङ पदबाट हटाईए । तत्कालिन उर्जामन्त्री राधा ज्ञावालीको यो कदम बिरुद्ध आम नागारिक लगायत रसुवाबासीले महिनौं आन्दोलन गरे ।
सायद अहिलेसम्म उनि उक्त आयोजनामा हुन्थे त आयोजनाको कामले ठुलो गती पाउने थियो । राजनितीको काउसोले छोएको हरेक क्षेत्र धरासायी भए जस्तै चिलिमेको अगुवाईमा अघि बढेका सबै आयोजनाहरु अपांग बने । आयोजनाहरु प्रतीको बिश्वाशले बजारमा २६०० माथी पुगेको चिलिमेको सेयरको बजार मुल्य राजनितिक हस्तक्षेप पछी दिन प्रतिदिन घट्दै अहिले १२०० मा आईपुगेको छ ।
क्षमता , आत्मबिस्वास , जाँगर र केहि गर्छु भन्ने भावना भएको ब्याक्ती जुन सुकै ठाउँमा पुगेपनी परिणाम त देखिन्छ नै । जुन कुरा आज उनले बिद्धुत प्राधिकरणको महाप्रबन्धक भएको १ महिनामै प्रमाणित गरिदिएका छन् । सलाम Kulman Ghising सर!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्