×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुमबहादुर खड्कालाई पछाडी धकेल्न निधीको यस्तो खेल खेल्दै छन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खुमबहादुर खड्कालाई पछाडी धकेल्न निधीको यस्तो खेल खेल्दै छन्

Artha Sarokar

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – कांग्रेस भित्र उप सभापति पदका लागि विमलेन्द्र निधी र खुमबहादुर खड्काको हानथाप छ । अनेक छल गर्न माहिर गृहमन्त्री विमलेन्द्र निधि नेपाली कांग्रेसको उपसभापति बन्न खोजिरहेका छन् ।

कांग्रेस तेह्रौ महाअधिवेशनमा  देउवालाई सभापति बनाउन मुख्य भूमिका खेलेवापत खुमबहादुर खड्कालाई सभापसित दिनुपर्ने हो तर । चुनावका बेलामा उपसभापति बनाउँछु भनेर शेरबहादुर देउवाले सभापति जितेका हुन ।

खड्काको पत्तासाफ गर्ने कुनै उपाय नदेखेपछि उपप्रधानसहितका गृहमन्त्री विमेलेन्द्र निधिले दल सम्बन्धि विधेयक तयार गरेर संसद रहस्य खुलेको छ ।

यही विधेयक ल्याएर खड्कालाई उपसभापतिमा रोक्ने र आफू उपसभापति बन्ने खेलमा अहिले विमलेन्द्र निधी कम्मर कस्सेर लागेका छन ।

यो विधेयक पारित भयो भने अदालतबाट सजाय पाएको व्यक्तिले ६ वर्षसम्म दलीय गतिविधिमा भाग लिन नपाउने प्रावधान छ । यो विधेयक जस्ताको तस्तै पारित भयो भने पार्टीसगैँ चुनावसमेत लड्न नपाउने छ ।

सर्वोच्चबाट भष्ट्रचारी ठहरिएका खुमबहादुरलाई पछाडि हटाएर आफस् अगाडि बढ्न विमलेन्द्रले यस्तो खेल खेलेका हुन ।

बिमलेन्द्रको यो धराप के होला देउवाले आफ्ना सहयोगी खड्कालाई सघाउलान् कि भारतको वकालत गरेर नथाक्ने बिमलेन्द्र निधिको पक्षमा उभिएलान्  कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी