
- कृष्णा चौलागाई /अर्थ सरोकार डटकम
काठमाण्डौ – हाल सालै मात्र सरकारले स्तन क्यान्सर पिडित नेपाली काँग्रेस नेत्री तथा पुर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको उपचारको लागि ५० लाख दिने निर्णयको सर्वत्र विरोध भैरहेका वेला यति विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीले एक रुपैँया संकलन गर्दै दवावमुलक अभियान सुरु गरेका छन् ।
गायक तिलक बस्नेतको गीतको सुटिङमा गएका बेला सो अभियानमा सामेल हुँदै पूर्व सामान्य प्रशासन मन्त्री लालवाबु पण्डिलले कोइरालाको उपचारका लागि भन्दै एक रुपैँया सहयोग गरेका हुन् ।
सुशिल कोइराला सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा डिभि पिआरधारी सरकारी कर्मचारी विरुद्ध उत्रिएका पण्डितले भिआइपिका नाममा राज्यको ढुकुटी लुट्ने काम अन्त्य हुँनुपर्ने समेत बताए । साथै देशभरबाट यसै गरि दवाव सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न सक्दैन उनले भने ।
यसरी विद्यार्थीहरुले संकलन गरेको रकम जिल्ला प्रशासन कार्यलय मार्फत विहिबार सुजाता कोइरालाई बुझाउने छ । विराटनगर, सुनसरी र काठमाडौमा गरी झण्डै दुई अर्बको सम्पक्तिकी मालिक कोईरालाले राज्यकोषबाट पचास लाख रकम लिनु लज्जास्पद भएको बिद्यार्थीहरुको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्