Skip to content
LAXMI SUNRISE BANK

काठमाण्डौलाई लोडसेडिङ मुक्त गर्ने तयारी लाग्न प्राधिकरणका निर्देशकलाई प्रधानमन्त्रीको निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने विषयमा परामर्श गरेका छन्।  सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएको भन्दै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
प्रधानमन्त्रीले भने, ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पूरा हुँदैछ, यसमा म खुसी छु। अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ।
प्रधानमन्त्रीले देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न पनि निर्देशक घिसिङलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताए। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK