×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ल्हारक्याल लामाको २९ करोड सम्पत्ति बैध: ठहरियो निजलाई सफाइ

LAXMI SUNRISE BANK

ल्हारक्याल लामाको २९ करोड सम्पत्ति बैध: ठहरियो निजलाई सफाइ

१ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रधानमन्त्री देखि कानुनमन्त्रीसम्म माओवादीकै भएसँगै ल्हारक्याल लामाहरुको चुरीफुरी नबढोस पनि किन कांग्रेसको कोटाबाट गुम्बा विकास समितिका अध्यक्ष भएका ल्हारक्याल लामा एमाले राजनीतिमा प्रवेश गरेर झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्यमन्त्रीसम्म भएका । संविधानसभाको दोश्रो निर्वाचन अगाडि उनी माओवादीमा प्रवेश गरे । माओवादीले समानुपातिक सांसद शम्भु पासवान हजारीको पद खारेजपछि उक्त स्थानमा ल्याल्कर लामालाई सांसद बनायो ।
माओवादीले सांसद बनाएसँगै उनको चुरीफुरी झनै वढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको ल्याकरमा गोली भेटिएका उनलाई भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको आरोप लाग्यो ।
गत वैशाख ३० गते अख्तियारले लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसदको पद खारेज भयो ।
अख्तियारले ल्हारक्याल लामासँग रहेको २९ करोड ६९ लाख १४ हजार कूल सम्पतिमा २० करोड ३४ लाख ४१ हजार ८ सयको स्रोत वैध मानेको थियो । ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैयाँ भने अवैध भनेको थियो ।
त्यसको ६ महिना पछाडि विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले लामाले ‘अवैध स्रोतबाट सम्पति आर्जन गरेका रहेछन् भन्न नमिल्ने’ ठहर गरेको गर्दै उनलाई सफाइ दिएको हो ।
यस अगाडि अख्तियारले लामाको ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैँयाको स्रोत नदेखिएको भन्दै मुद्दा दायर गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी