
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनको मिति निर्धारण गरेको छ। बैंकले मङ्सिर १९ देखि पुष २४ सम्मका लागि हकप्रद बिक्रि खुला गर्ने जनाएको छ।
बैंकले २:१ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि कात्तिक १२ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक ११ सम्म कायम शेयरधनीले हकप्रद शेयर भर्न पाउने छन। बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ९३ लाख कित्ता हकप्रद जारि गर्न लागेको हो।
कात्तिक ११ सम्म कायम इच्छुक शेयरधनीहरुले मङ्सिर १९ देखि पुष २४ सम्म बैंकको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड र बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन।
हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारिमा रहेको बैंकको हकप्रद वितरणपछिको चुक्ता पुंजी ५ करोड ७९ लाख हाराहारी पुग्ने छ। त्यसमा प्रस्तावित २० दशमलब ७५ प्रतिशत बोनस शेयर जोड्दा चुक्ता पुंजी ६ अर्ब ६० करोड हाराहारी पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २४ करोड खुद मुनाफा आर्जन गरेको छ भने इपिएस २१ रुपैयाँ १७ पैसा रहेको छ।
बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउन तथा कारोबार विस्तारका लागि अन्य बैंक वा वित्तिय संस्थासंग मर्जरर एक्विजिसन गर्ने विकल्प खुला राखेको छ भने हकप्रद मार्फत चुक्ता पुंजी बढाउने प्रस्ताब समेत अघि सारेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्