
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले उपकुलपति निवासमा तोडफोड गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ आवासक्षेत्रमा रहेको विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा विद्यार्थीहरुले तोडफोड गरेका हुन्।
विविध माग राखी विद्यार्थीहरुले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए। वार्ताबाट समस्या समाधन गर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विद्यार्थीहरु वार्ताका लागि उपकुलपति निवास पुगेका थिए। तर वार्ताका लागि प्रशासनले आलटाल गर्न खोजेपछि आफुहरुले उपकुलपतिको आवासमा तोडफोड गरेको अखिल क्रान्तिकारीका सुरेन्द्र महतले जानकारी दिए।
विद्यार्थीहरुले दिउँसो सवा १२ बजेतिर केन्द्रीय कार्यालय र उपकुलपति निवासमा तोडफोड गरेका हुन्। उपकुलपति निवासमा कुर्सी, टेवल र उपकुलपति चढने गाडीमा तोडफोड गरेको विद्यार्थी नेताहरुले बताएका छन्। सोमबार संयुक्त विद्यार्थी संगठनलले विश्वविद्यालयको परीक्षा शाखाले गरेको निर्णय अनुसार सेमेस्टर परीक्षामा ५० प्रतिशत अनुतिर्ण विद्यार्थीहरुलाई पुन परीक्षामा हुन नपाउने भनी गरेको निर्णय तत्काल खारेज गरिनुपर्ने लगायतका माग राखेर मागपत्र बुझाएका थिए।
यस्तै उत्तरपुस्तिका परीक्षण गर्दा संपरीक्षणको व्यवस्था गरिनुपर्ने, इन्जिनियरिङ संकायमा अध्यापनका लागि अनुभवी र पूर्णकालीन प्राध्यापकहरुको व्यवस्था गरिनुपर्ने र १० प्रतिशतका दरले वार्षिक रुपमा वृद्धि भइरहेको शुल्क तत्काल खारेज गर्नुपर्ने लगायतका माग विद्यार्थीहरुले राखेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्