
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनका लागि बोलाइएको बैठक बहिस्कार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत मधेसी मोर्चाका नेतालाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीले बुधबार बिहान नौ बजे बैठकका लागि बालुवाटार बोलाएको मोर्चाका नेताहरुले बताएका छन् । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीका स्वकीय सचिव जोखबहादुर महराले टेलिफोनमार्फत बालुवाटार आउन भनेको जानकारी दिए ।
यसअघि सोमबार बालुवाटारमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा भनाभन भएपछि एमाले नेताहरु बैठक छाडेर बाहिरिएका थिए । प्रधानमन्त्री प्रचण्डले अहंकारीको आरोप लगाएपछि आफूहरुको सहमतिबिना संविधान संशोधन प्रस्ताव ल्याइए सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनीसहित एमाले नेताहरु बैठक छाडेर बाहिरिएका थिए ।
यादवले ओलीको व्यवहारले प्रताडित भएपछि प्रचण्डले आफूहरुलाई बोलाएको टिप्पणी गरे । एमालेलाई विश्वास गर्दा प्रचण्डले कटवाल प्रकरणदेखि पटकपटक धोका खाएको भन्दै यादवले प्रचण्ड एमालेको भ्रममा परेकाले समस्या समाधानमा ढिलाइ भइरहेको जनाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्