Skip to content
LAXMI SUNRISE BANK

एमाले नेता नेपाल र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता, बैदेशिक मामिला विभाग प्रमुख माधकुमार नेपाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिज बीच सोमबार भेटवार्ता भएको छ ।  भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने बताएकी थिइन्।
नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धीको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउने विश्वास व्यक्त गरेको राजदूत टेप्लिजलाई उदृत गर्दै एमाले प्रचार विभाग सचिब विष्णु रिजालले बताए।
पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताए। संविधान संशोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा बरिष्ठ नेता नेपालले मधेसी दलहरुको माग अनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पारे।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK