
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जी र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। बिहीबार बिहान साढे ९ बजेतिर होटेल ह्यात रिजेन्सीमा भएको भेटका क्रममा दुई देशको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको एमालेको वैदेशिक मामिला विभागका सचिव यादवचन्द्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
नेता नेपालले दुई देशबीच कायम रहेको अद्धितीय ऐतिहासिक सम्बन्धलाई आपसी हित र समृद्धिका लागि अझ सुदृढ पार्नुपर्नेमा जोड दिएका छन्। दुई देशका नेताहरूबीचको भेटघाटले सम्बन्ध अझ प्रगाढ हुने र सुदृढ हुने विचार राख्दै राष्ट्रपति मुखर्जीले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्