
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – संविधान संशोधनमा सरकार सुस्त रहेको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेको छ । बैठकको सुरुवातमा नै समय माग गरेर संघीय समाजवादी फोरमका नेता अशोक राईले मधेसी मोर्चाको तर्फबाट धारणा राख्दै सरकार संविधान संशोधनमा सुस्त रहेकोप्रति आपत्ति जनाएका थिए ।
संविधान संशोधनको प्रक्रिया गतिशिल हुन नसकेको भन्दै नेता राईले मोर्चाले सरकारलाई पटक(पटक ध्यानाकर्षण गराएपनि कुनै उपलब्धी हुन नसकेको बताए । उनले मोर्चाले अब सदनबाटै संविधान संशोधनका लागि दवाव दिने भन्दै संसद बैठक बहिष्कार गर्ने घोषणा गरे । उनले भने, ुनेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सरकार निर्माण हुने क्रममा भएको ३ बुँदे सम्झौता भएको थियो। तर, सरकार बुँदा नम्बर १ को कार्यान्वयनका सम्बन्धमा निदाएको देखिएको छ ।
संविधान संशोधनका लागि हामीले पटक(पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले वेवास्ता गरेकाले आजको बैठक मोर्चामा सहभागी सबै दलले बहिष्कार गर्ने निर्णय गरेका छौं।ु उनले मधेस आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने, मुद्धा फिर्ता लिने काममा पनि सरकार प्रतिबद्ध नदेखिएको बताए। उनले भने, मधेस आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने तथा उनीहरूको मुद्धा फिर्ता लिने काममा सरकार गम्भिर देखिएको छैन ।
आन्दोलनमा दमनको निर्देशन दिनेहरू सत्ताको कुर्सीमा बसेका छन् भने आन्दोलनमा भाग लिएकाहरू चिसो छिँडीमा कष्टकर दिन बिताइरहेका छन् । उनीहरूलाई तत्काल रिहा गर्नुपर्छ । नेता राईले आफ्नो भनाइ राखेपछि मोर्चाका सांसदहरूले संसद बहिष्कार गरेर बाहिरिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्