Skip to content
LAXMI SUNRISE BANK

यसरी हुँदैछ देशलाई विखण्डन गर्ने षडयन्त्र !

अर्थ सरोकार

काठमाडौँ – पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताएका छन्।
भक्तपुर कमलविनायकस्थित शुभज्योति बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा शनिबार उनले केही व्यक्तिको स्वार्थमा भइरहेको कार्यको पर्दाफास गर्दै कुनै हालतमा देश विखण्डन गर्न नदिने बताए।
देशभित्र जातजाति र भाषाभाषीको नाममा द्वन्द्व सिर्जना गराई देशलाई विखण्डन गराउने षडयन्त्रले संविधान संशोधनको कुरा आइरहेको बताउँदै उनले तराई, हिमाल र पहाडलाई छुट्याएर प्रदेश बने देशको अस्तित्व मेटिने विचार व्यक्त गरे।
उनले सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा अहिलेको प्रदेश नं ५ मा तराईका जिल्लामात्र समावेश गरी तराई र पहाडबीच विखण्डन ल्याउनेखालको संशोधन प्रस्तावको तयारी गरिरहेको बताउँदै यसका विरुद्ध जनताले खबरदारी गर्ने उल्लेख गरे ।
कार्यक्रममा निर्माण व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईं, युवा साकोसका सचिव सोम शर्मा बजगार्इंले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा सहकारीले ओगटेकाले मुलुकको विकास निर्माणमा सहकारीको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK