×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मारवाडी समुदाय व्यापारमा सफल हुने ७ कारण यस्ता छन् :

PRIME CA

मारवाडी समुदाय व्यापारमा सफल हुने ७ कारण यस्ता छन् :

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • एजेन्सी 

सफल हुन कस्लाई रहर लाग्दैन र ! जीवनमा जो कोहि पनि सफल हुन चाहान्छन् । तर विजिनेशको मैदानमा सधै मारवाडी समाजनै अग्र स्थानमानै रहने गर्छ । यसको कारण के होला भन्ने विषयमा एक विदेशी लेखक थोमस ए टिबर्गले प्रकाश पारेका छन् । उनले लेखेको लेख अनुसार मारवाडी समुदायभित्र ७ गुण हुन्छ, र तीनै  कारण विजिनेशको दुनियाँमा उनीहरु निकै लामो समयसम्म यात्रा गर्न सफल  हुन्छन्। 
सात गुणहरु यस्ता छन् :
पैसालाई हेर्ने फरक नजर 
लेखक थोमसका अनुसार मारवाडी समुदायले विजनेश मात्र गर्दैनन्, विजिनेशको छुट्टै समूह पनि बनाउँछन् । उनीहरु लगानी यस्तो ठाउँमा गर्छन्, जुन लामोसमयसम्म निकै फाइदा दिने खालको हुन्छ । जहाँ यो समुदायले सेयर हाल्छ, त्यहाँ उनीहरुको निकै गहिरो र चनाखो नजर हरदम रहिरहन्छ । जसका कारण उनीहरु जहिले पनि सफल हुन्छन् । लेखकका अनुसार यस्तो गुण कममा मात्र हुन्छ । 
कर्मचारीसँगको राम्रो ब्यवहार
कर्मचारी मारवाडी समूहले ध्यान दिने अर्को पाटो हो । हुन पनि विजिनेश एक्लो जोडबलले मात्र चल्दैन । यसका लागि जसले पनि आफ्नो प्रतिनिधि बनाउनुपर्ने हुन्छ । उनीहरुसँग कर्मचारीलाई कस्तो व्यवहार गर्नुपर्छ, कस्ता खालका कर्मचारीहरुलाई कारवाही गर्नुपर्छ वा कस्तालाई कार्वाही गर्नु हुँदैन भन्ने विषयको राम्रो ग्यान हुन्छ ।
कामको पूर्व योजना
राम्रो योजना बनाउनु र त्यसलाई राम्रोसँग कार्वनयन गर्न सक्नु उनीहरुको अर्को विसेषता हो । यहि विसेशाताका कारण मारवाडीहरु जहिले पनि अगाडी हुन्छन् । 

विजनेश फैलाउनुहोस्, सिस्टमको ग्रोथ रोकिन नदिनुहोस्
एक सफल व्यापारीको मुख्य विशेषता आफ्नो विजिनेशलाई बिस्तार गर्नुपनि  हो । कयौं कम्पनी बिस्तारको योजना त बनाउँछन, तर त्यसको कार्यान्वयन गर्दैनन् । यो निपुणता पनि मारवाडीहरुमा हुन्छ । 
उपयुक्त कर्पोरेट कल्चर
मारवाडीहरुले राम्रोसँग बुझेका छन्, कम्पनीको कर्पोरेट कल्चरले कर्मचारीहरुमा वफादारीको भावना पैदा गर्छ । फाइनान्सियल इन्सेन्टिब्स मात्र सबै समय काफी हुँदैन, यसले मात्र काम गर्दैन । समय अनुसार  परिवर्तन वा व्यवस्थापन गर्नुपर्ने हुन्छ, यी गुण समेत मारवाडी समुदायमा हुन्छ । 

क्रेजको बारेमा राम्रो जानकारी 
बजारमा के को क्रेज राम्रो छ र के चल्छ भन्ने कुराको ग्यान हुनु मारवाडीहरुको अर्को राम्रो पक्ष हो  । उनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि ,’यदि बजारको क्रेजको हिसाबले प्रोडक्ट तयार गरिन्छ भने केही  समयका लागि राम्रै फाइदा त होला, तर दीर्घकालमा नोक्सानी व्यहोर्नुपर्छ ।’
समय अनुसार चल्ने चलन 
समयलाई ध्यान दिनु मारवाडीहरुको अर्को राम्रो पक्ष हो । मौकालाई यदि गुमाउनुभयो भने विजिनेशमा सफलताको चान्स निकै कम हुन्छ । समयको साथमा रहनुहोस्, पछिल्ला प्रविधिहरुलाई अपनाएर अगाडि बढे मात्र सफल भइन्छ । यी सबै गुण मारवाडीहरुमा हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: