
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ -विराटनगर मोरङको टंकिसिनवारीस्थित दुगड स्पाइस एण्ड फुड स्न्याक्स प्रालि सेन्चुरी मसला उद्योगमा बिहीबार बेलुकादेखि लागेको आगो १४ घन्टासम्म पूर्ण नियन्त्रणमा आएको छैन। उद्योगमा साँझ ६ बजेतिर विद्युत सर्ट भइ सल्केको आगलागीबाट लाखौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
आगलागीबाट उद्योगको एउटा भवन पूर्ण रुपमा जलेको छ भने कुनै पनि सामान काम लाग्ने अवस्थामा पुगेको छ। शुक्रबार बिहानसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन,’ प्रहरीले भनेको छ, ‘काबु बाहिर नभए पनि भवनको भित्रपट्टी अझै थोरै थोरै आगो बलिरहेको छ ।
आगलागी नियन्त्रणका लागि विराटनगर विमानस्थलमा रहेको अत्याधुनिक वारुणयन्त्र र इटहरी, इनरुवा र विराटनगर उपमहानगरपालिकाको आधा दर्जन बढी दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीले आगलागी नियन्त्रणको प्रयास अहिले पनि गरिरहेका छन् ।
क्षतिको विवरण यकिन नभए पनि उद्योगमा रहेका सम्पूर्ण तयारी तथा कच्चा पदार्थ फर्निचरका सामान लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका कारण करोड बढी क्षति भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्