Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्र कार्यसमिति बैठक स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको कार्यसमितिको बैठक स्थगित भएको छ।

शुक्रबार कांग्रेस र मधेसवादी दलबीच छलफल गर्नुपर्ने भएकाले शुक्रबार बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक शनिबार ८ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले जानकारी दिए। शुक्रबार हुने भनिएको बैठकमा संशोधन प्रस्ताव दर्ता गर्ने विषय लगायत समसामयिक राजनीतिक अवस्थाका विषयमा बैठकमा छलफल हुने तय गरिएको थियो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK