Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय भेला तयारीबारे छलफल गर्न माओवादी केन्द्रिय बैठक बस्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले मंसिर २ गतेका लागि बोलाएको राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न हेडक्वार्टर बैठक बोलाएको छ ।  
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी बैठकमा राष्ट्रिय भेलाबाट जम्बो केन्द्रीय समितिलाई घटाएर सानो आकारको केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको छ । 
राष्ट्रिय भेलाबाट २५ सयजनाको केन्द्रीय समितिलाई घटाएर सानो आकारको केन्द्रीय समिति बनाउने माओवादी केन्द्रको तयारी छ ।  
आजको बैठकमा मंसिर २ गतेका लागि बोलाएको राष्ट्रिय भेलाको तयारीबारे छलफल हुन्छ ।   बैठकमा भेलाबाट केन्द्रीय समिति कसरी घटाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK