Skip to content
LAXMI SUNRISE BANK

माओवादी पूर्व लडाकुले सर्वोच्चमा धर्ना दिने,

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – माओवादी पूर्व लडाकुले मंगलबार सर्वोच्च अदालत घेराउ गर्ने भएका छन्। पूर्व लडाकुलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार उपलब्ध गराउने निर्णय गरेको आर्थिक सहायता रोक्न सर्वोच्च अदालतले आदेश दिएको भन्दै पूर्वलडाकुले घेराऊ र धर्ना दिने तयारी गरेको पूर्व लडाकुका नेता अर्जुन बुढाथोकीले जानकारी दिए। 
 देशका विभिन्न ठाउँबाट काठमाडौं आएका पूर्वलडाकुले बिहान साढे दशबजेपछि झण्डै दुईघन्टा घेराउ र धर्ना दिने तयारी गरेको बुढाथोकीले जानकारी दिए। यसैबीच सोमबारदेखि नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय घेरेका पूर्व लडाकुलाई प्रहरीले हटाएको छ। सेना समायोजनका क्रममा अयोग्य ठहरिएका लडाकूहरूले न घरको न पार्टीको भन्दैु सोमबार पेरिसडांडा घेरेका थिए। 
 उनीहरूले राज्यले आफूमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने, आफूहरूलाई गणतन्त्र योद्धा घोषणा गरिनुपर्ने र जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने माग गर्दै पार्टी कार्यालय घेराउ गरेका हुन्। यता, सरकारले पनि पूर्वलडाकुहरूसँग वार्ता गर्ने तयारी गरेको छ।
 लडाकुका एक नेता लेनिन विष्टका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दिउँसोसम्ममा वार्ता गर्ने तयारी भइरहेको छ। उनले आफूहरुका सात बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन चलिरहेको जानकारी दिए। आफूहरुका माग सम्बोधन नभएमा अरु राजनीतिक दलका पार्टी कार्यालय पनि कव्जामा लिने पूर्वलडाकुले चेतावनी दिएका छन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK