×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! विद्यार्थी र अभिवावकको आँखामा यसरी छारो हाल्दैछ नेपाल मेगा कलेज !

अर्थ सरोकार

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलवार

PRIME CA

होसियार ! विद्यार्थी र अभिवावकको आँखामा यसरी छारो हाल्दैछ नेपाल मेगा कलेज !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

नेपाल मेगा कलेजले विद्यार्थी तथा अभिवावकको आँखामा छारो हालेर विद्यार्थी भर्ना गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । अहिले विभिन्न सञ्चारमाध्यममा गरेको विज्ञापनमा कलेजले १०० % विद्यार्थीलाइ जागिर लगाइने प्रलोभन देखाएर विद्यार्थी भर्ना गरिरहेको छ  । उसले विभिन्न सञ्चारमाध्यममा छापेको विज्ञापनलाई पत्याउने हो भने मेगामा बिबिएस, बिएसडब्लु र बिए (जर्नलिजम) मा भर्ना खुलेको र सबै विद्यार्थीहरुलाई जागिर लगाईदिने भन्दै विद्यार्थीहरुको आँखामा छारो हाल्न खोजेको छ  ।
यसरी पनि प्रलोभन देखाइन्छ मेगामा 
मेगा कलेजले आफ्नो कलेजका कार्यकारी निर्देशक मेगा बैंकका सञ्चालक भएकोले जागिरमा कुनैपनि समस्या नहुने भन्दै विद्यार्थीहरुलाई झुटको खेती गर्ने गरेको छ  । हुन त मेगाका सञ्चालक गोपाल खनाल नेपाल मेगा कलेजका कार्यकारी निर्देशक पनि हुन्  । तर त्यसो भन्दैमा त्यहाँका सबै विद्यार्थीहरुले मेगा बैंकमा जागिर पाउने भन्ने कुरा सम्भव छैन  । यसैपनि मेगामा जागिर पाउन ठुलै कसरत गर्नुपर्ने र मेगामा अयोग्यहरुलाई पावरका भरमा भर्ती गरिने गरिएको समाचार सार्वजनिक भइसकेको छ  । तर मेगा कलेजमा कलेजकाबारे बुझ्न जाने प्राय: सबै विद्यार्थीहरुलाई नेपाल मेगा कलेजका कार्यकारी निर्देशककै बैंक मेगा बैंक भएकाले जागिर पाउन सजिलो हुने भन्दै विद्यार्थीहरुलाई भ्रममा राख्ने गरेका छन्  ।

यतिसम्मकि कलेजले लोकसेवा आयोगको कक्षा पनि सञ्चालन गर्ने र जागिरका लागि सहयोग गर्ने भनेर विद्यार्थीहरुलाई फकाउने गरेको छ । तर लोकसेवाको जागिरका लागि कलेजले कक्षाको व्यवस्थापन बाहेक केहि गर्न सक्दैन भन्ने कुरा कममात्र विद्यार्थीले बुझेका छन् ।

हेर्नुहोस् नेपाल मेगा कलेजले गरेको विज्ञापन :
सरोकारवालाहरु भन्छन्स ‘सम्भव छैन १००% जागिर’:
कलेजले कस्ता विद्यार्थीहरुलाई जागिर दिने भन्ने समेत विज्ञापनमा खुलाएको छैन । सिधै भर्ना खुलेको जानकारी दिइएको छ भने विद्यार्थीलाई १००% जागिर लगाईदिने भन्दै विज्ञापन गरेको छ  । नेपाल मेगा कलेजकै एक विद्यार्थीले आफ्नो नाम नबताउने सर्तमा भने, ‘कलेजमा सयौं विद्यार्थी हुन्छन्, र नेपालमा बेरोजगारी यस्तो बढेको छ  । मेगाका सबै विद्यार्थीले जागिर पाउँछन् भन्ने कुरा दिवा सपना मात्र हो  ।’ उनले भने  । उनी अगाडी भन्छन्, ‘१००% जागिर भन्ने सम्भव नै छैन  । पत्रकारिता पढेका, सोसल वर्क पढेका र बिबिएस पढेकामध्ये सबैभन्दा गाह्रो जागिर पाउन बिबिएस पढेकाहरुलाई हो । कलेजले जागिर लगाईदिने भए हामी किन बेरोजगार बस्थौँ र ?’
पहिलापनि यस्तै प्रलोभन दिइएको थियो तर जागिर दिइएन : विद्यार्थी 
यता मेगा कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले पहिलापनि यस्तै प्रलोभनमै आफुहरु कलेजमा भर्ना भएको तर कलेजले जागिर दिन्छ भन्ने कुरा भ्रममात्र रहेको बताएका छन्  । अर्थ सरोकारसँग कुराकानी गर्दै कलेजबाट बिबिएस सकेका एक विद्यार्थी भन्छन्, ‘केके न पाइएला भनेर मेगामा भर्ना भइएको थियो तर हातमा लाग्यो सुन्य ! अहिले पनि कलेजले आफुहरुले विद्यार्थीलाई १००% जागिर लगाईदिने भन्दै विज्ञापन गरेको रहेछ ! त्यो बिज्ञापन ‘हावा विज्ञापन’ हो  । त्यसलाई हेरेरनै कसैले मेगा कलेज भर्ना गर्छ भने त्योभन्दा मुर्खताबाहेक अरु केहि हुनेछैन ।’


के भन्छ मेगा कलेज ?
यसबारे हामीले मेगा कलेजका बिबिएस / बिए र बिएसडब्लु शंकायका संयोजक मधुकर पाण्डेलाइ सम्पर्क गरेका थियौं । उनले आफुले पहिलाका विद्यार्थीहरुलाई जागिरको प्रलोभन नदेखाएको र अहिलेका विद्यार्थीले भने १००% जागिर पाउने दावी गरेका छन् । ‘तपाईंले अहिलेका चौथो बर्ष पढिरहेका विद्यार्थीहरुलाई सोध्न सक्नुहुन्छ । लोकसेवामा जान चाहानेहरुलाई लोकसेवाको कक्षा छ, बाहिर जानेहरुलाई पनि हामीले त्यहि अनुसारको सहयोग गर्छौं र नेपालमै बस्न चाहानेहरुलाई पनि हामी सहयोग गर्छौं ।’ ‘ लोकसेवाको कक्षा आफ्नो ठाउँमा भयो तर जागिरनै पक्का भन्न मिल्छ र ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘नेपाल मेगा कलेजमा पढ्ने कुनैपनि विद्यार्थीले बेरोजगार बस्नुपर्दैन । यसमा ढुक्क भए हुन्छ ।’ तर चौथो बर्षमै पढिरहेका एक विद्यार्थीलाई सोध्दा भने उनले मेगाको मेगको विज्ञापन ‘हावादारी’ भएको र जागीरका लागि कलेजले सहयोग गर्छ भन्ने कुरा भ्रममात्र भएको बताएका छन् । उनले कलेजले आफुलाई कारवाही गर्न सक्ने भन्दै आफ्नो नाम भने उल्लेख नगर्न अनुरोध गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: