
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको सवारीका नाममा पत्रकारमाथि दुर्व्यवहार भएपछी अर्थ सरोकार डटकमका सबै कर्मचारी हाल कालोपट्टी बाँधेर काम गरिरहेका छन् । पत्रकार बास्तोलाको रिहाइको माग गर्दै यस्तो गरिएको अनलाइनका प्रधान सम्पादक सुरज प्याकुरेलले जानकारी दिए । पत्रकार बास्तोला केहि समय अगाडी रिहा भएका छन् ।
केहि घण्टाअघि मात्र पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक तथा प्रेस चौतारी नेपाल अनलाईन प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलामाथि प्रहरीले माइतीघरमा हिँडिरहेकै अबस्थामा पक्राउ गरी आक्रमणसमेत गरेको थियो । प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानका सहसचिव सोभित थपलियाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार पत्रकार बास्तोलालाई प्रहरीले आक्रमणको प्रयास समेत गरेको थियो ।
यता पहिलोन्यूज डटकमका सञ्चालक बिष्णु रिजालले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बाँस्तोलालाई डेढ घन्टादेखि माइतीघरमा प्रहरीले नियन्त्रणमा लिई भ्यानमा राखिरहेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा उनको सवारी नचलेको बेला पैदल पनि हिँड्न नदिएर त्यहाँ प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाको नेतृत्वमा खडा सुरक्षाकर्मीले हातपात गर्दै उहाँलाई पक्राउ गरेका थिए ।
भ्याली प्रहरी प्रमुख प्रतापसिंह थापाले तुरुन्तै छोड्छौँ भनेको पनि एक घन्टा बितिसकेको छ । अहिले उहाँको मोबाइल स्वीच अफ भएको छ । नालायक सरकारको जति भत्सर्ना गरे पनि कमै हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्