×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रणवको सवारीका नाममा पत्रकार मोहन बास्तोलामाथि प्रहरीको आक्रमण !

PRIME CA

प्रणवको सवारीका नाममा पत्रकार मोहन बास्तोलामाथि प्रहरीको आक्रमण !

१७ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक तथा प्रेस चौतारी नेपाल अनलाईन प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलामाथि प्रहरीले माइतीघरमा हिँडिरहेकै अबस्थामा पक्राउ गरी आक्रमणसमेत गरेको छ । 
प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानका सहसचिव सोभित थपलियाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार पत्रकार बास्तोलालाई प्रहरीले आक्रमणको प्रयास समेत गरेको थियो ।

यता पहिलोन्यूज डटकमका सञ्चालक बिष्णु रिजालले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बाँस्तोलालाई डेढ घन्टादेखि माइतीघरमा प्रहरीले नियन्त्रणमा लिई भ्यानमा राखिरहेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा उनको सवारी नचलेको बेला पैदल पनि हिँड्न नदिएर त्यहाँ प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाको नेतृत्वमा खडा सुरक्षाकर्मीले हातपात गर्दै उहाँलाई पक्राउ गरेका थिए ।

भ्याली प्रहरी प्रमुख प्रतापसिंह थापाले तुरुन्तै छोड्छौँ भनेको पनि एक घन्टा बितिसकेको छ । अहिले उहाँको मोबाइल स्वीच अफ भएको छ । नालायक सरकारको जति भत्सर्ना गरे पनि कमै हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: