×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँदरले युवती जिस्काएपछि दंगा भड्कियो, २० जनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बाँदरले युवती जिस्काएपछि दंगा भड्कियो, २० जनाको मृत्यु

Artha Sarokar

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – एक स्कले युवतीलाई बाँदरले जिस्काएपछि लिबियाको सभामा भयंकर तनाव र हिंसा सुरु भएको छ । युवतीमाथि बाँदरले हमला गरेपछि लिबियामा सुरु भएको हिंसामा कम्तीमा २० जनाको ज्यान गएको र ५० भन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी भयो घटना :-
दक्षिण लिबियाको दुई जनजातिहरुबीच यो हिंसा तब भड्कियो जब गद्दाफा जनजातिको एक पसलेको घरपालुवा बाँदरले अर्को जनजातिकी एक युवतीमाथि हमला गर्यो । युवतीका परिवारले यसको बदला लिनका लागि बाँदरसमेत गद्दाफा जनजाति समुदायका तीन जनालाई मारिदिए । त्यसपछि दुबै समुदायबीच सुरु भएको संषर्घ अझै जारी छ ।

स्थानीय रिपोर्टअनुसार एक बाँदरले स्कूल गइरहेका युवतीहरुको एक समूहमाथि हमला गरेको थियो । बाँदरले अलवाद जनजाति समुदायकी एक युवतीको हेडस्कार्फ खिचेको थियो र त्यसपछि हमला गर्दै काटेर घाइते बनाएको थियो । हमला गर्ने बाँदर गद्दाफा जनजातिका एक पसलेको थियो ।

यो घटनाबाट अलवाद सुलेमान जनजातिका मानिसहरु रिसाएर बाँदरसमेत गद्दाफा जनजातिका तीन जनालाई मारिदिए । युवतीका परिवारले गद्दाफा जनजातिका जून तीन जनालाई मार्यो तिनीहरु युवतीमाथि आक्रमण हुँदा बाँदरसँगै थिए ।

दुबै जनजातिसँग ठूला ठूला हतियार छन् । रिपोर्टका अनुसार टैंक, राकेटस्, मोर्टार र कैयौ भारी हतियार लडाइँमा प्रयोग भइरहेको छ जसका कारण धेरै संख्यामा मानिस गम्भीर रुपमा घाइते भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी