
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जनताको मन जित्नगरी काम गर्नु पर्छ तर तपाईहरुको काम गराईले त पार्टी सदस्यहरुलाई नै सन्तुष्टि छैन । म दिनरात खटेर काम गरिरहेको छु । तर, तपाईहरुको काम गराइ पटक्कै भएन,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बालुवाटारको बैंठकमा माओवादी मन्त्रीहरुलाई भने ।
शुक्रबार किन हो, किन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै आक्रमक देखिनुभयो । सरकार गठन भएको एक सय दिन पुग्न लाग्यो तर काम भने जनताले महसुुस गरेजस्तो भएको छैंन । कार्यशैली सच्याउनुस र तुरुन्त जनताले महसुुस हुने गरी कमा गर्नूस । भन्दै झपार्नु भयो । स्रोतले बतायो ।
यता सरकारको कामकारबाही सन्तोषजनक नभएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार बालुवाटारस्थित निवासमा माओवादी मन्त्रीहरुलाई बोलाएर गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् ।
बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भने सहभागी थिएनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्