Skip to content
LAXMI SUNRISE BANK

मुखर्जी उत्रनु एक घण्टा अगावै पक्राउ परे ग्रेटर नेपालका संयोजक

अर्थ सरोकार

भारतका राष्ट्रपति प्रणव मुखर्जीको आगमनका क्रममा विरोध गर्दै कालोझण्डा देखाउन गएका ग्रेटर नेपालका अध्यक्ष पक्राउ परेकाछन ।
पछिल्लो समय नेपालको आन्तरिक मामलामा भारतले गरेको हस्तक्षेपको विरोध गर्दै ग्रेटर नेपालको अगुवाईमा मुखर्जीलाई कालोझण्डा देखाउने तयारी गरिरहँदा उनीहरुलाई मुखर्जी उत्रनु एक घण्टा अगावै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडिबाट पक्राउ गरिएको हो ।
सो क्रममा ग्रेटर नेपालका दुई शीर्ष नेता गिरफ्तार भएका छन् । पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का छन् । उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको मुलगेटबाट उनीहरुलाई बिहान करिव ११ः३५ बजेतिर पक्राउ गरिएको हो ।
उनीहरुलाई प्रहरीले गौशाला प्रहरी बृत्तमा राखेको छ ।
  • एस काठमाडौं
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK