
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबाट नेपालले कुनै प्रकारको लाभ हाँसिल नगर्ने त निश्चित छ । किनकी उनी भारतको कार्यकारी भूमिकामा छैनन् । उनीसंग नेपालमा कुनै प्रकारका सन्धी सम्झौतामा हस्ताक्षर गर्न पाउने अधिकारको सुविधा छैन ।
तैपनि मुखर्जीले त्रास,धाकधम्की र दबाव, प्रभाव वा प्रलोभनको कस्तो राजनीतिक सन्देशको प्याकेज ल्याए होलान् भन्ने चासो सर्वत्र छ । गतवर्षको भुकम्पपछि नाकावन्दीको उपहार दिएको भारतले त्यसयता अस्थिरताको उपहार दिइरहेकै छ । मुखर्जीले त्यहि राजनीतिक अस्थिरताको निरन्तरतालाई अझ परसम्म लम्व्याउने खेलमा आफ्नो चासो व्यक्त गर्लान् वा त्योभन्दा अरु कुनै राजनीतिक व्रेक थ्रु को गुप्त सन्देश जसले नेपाललाई फेरि आहात दिन सकोस भन्ने खवर ल्याए होलान् त्यो हेर्न वाँकी छ ।
उनको आगमनको खुशियालीमा राजधानी ठप्प पार्नेहरु र सरकार त्यसमा दत्तचित्त भएर लाग्नुका पछाडि कुनै न कुनै कारण त पक्कै हुनुपर्छ ? मधेशमा फेरि नागरिकता वितरण, सीमांकन र संविधान संशोधनको सन्देश उनले दिएर जानेछन् । जसले काठमाडौं फेरि अस्तव्यस्त होओस् र दिल्ली अझ सक्रिय भूमिकामा जाओस् ।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्