
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीव रावलले सरकारले विदेशीलाई बोलाएर संविधानको विषयमा छलफल गराई नेपाली जनताको अपमान गरेको आरोप लगाएका छन् । शनिबार रिर्पोटस् क्लवमा भएको कार्यक्रममा उपाध्यक्ष रावलले सार्वभौम अधिकार सम्पन्न संविधानसभाबाट जारी भएको संविधानको विषयमा कहिले विदेशका राजधानीमा र कहिले विदेशी नेतालाई बोलाएर पटक पटक संविधानको विषयमा छलफल गराएर सरकारले नेपाली जनताको अपमान गरेको टिप्पणी गरेका हुन् ।
उनले सार्वभौम संविधानसभाबाट जारी भएको संविधान संशोधन गर्ने वा नगर्ने विषय आन्तरिक मामिला भएकाले विदेशीलाई बोलाएर छलफल गर्नु गलत भएको बताए। नेता रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संविधान कार्यान्वयन गर्न सबै पक्षलाई समेटेर लैजान सुझाव दिँदा पनि कुनै प्रतिक्रिया नदिएर हिनताबोध देखाएको आरोप लगाए । उनले आफैंले अभिनन्दन गर्ने सार्वजनिक कार्यक्रममा भारतीय राष्ट्रपतिले संविधान कार्यान्वयन गर्न सबैलाई समेट्न सुझाव दिएर भारत सरकारको धारणा सुनाएपनि कुनै प्रतिक्रिया नदिनुले सरकारको मानसिकता स्पष्ट भएको बताए ।
उपाध्यक्ष रावलले भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा स्वदेशमा मात्र नभइ कुटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिएर सरकारले मुलुकलाई सामन्ती प्रचलन लाद्न खोजेको आरोप लगाए। उनले छिमेकी देशका पाहुनालाई सम्मान गर्ने बहानामा स्वेदश तथा कुटनीतिक नियोगमा समेत बिदा दिइनु कुटनीतिक अभ्यास र मर्यादा विपरीत भएको टिप्पणी गरे। अर्को प्रसंगमा उपाध्यक्ष रावलले सरकारले संविधान संसोधनको हल्ला चलाएर राजनीतिक अभिष्ट मात्र पूरा गर्न खोजेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्