×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नलसिंहगाड जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्रै मुआब्जा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नलसिंहगाड जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्रै मुआब्जा दिने

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाई / अर्थ सरोकार डटकम 

काठमाडौं  – नलसिंहगाड जलबिद्युत परियोजनाले चालु आर्थिक वर्ष भित्रै अधिकरण भएका छ रोपनी जग्गालाई मुआब्जा दिने भएको छ । उक्त    ४ सय १० मेगावाटको रहेको छ । आयोजना प्रयोग क्षेत्र हुने जाजरकोटको नलगाड खोला हो ।  

आयोजनाको स्थल गत निरीक्षण उर्जा  मन्त्री जर्नादन शर्माले गरेका थिए । शर्माले डीपीआर विस्तृत परियोजनाको प्रतिवेदन निर्माण भएको ५ वर्षभित्रै आयोजना पूरा हुने दाबी  समेत गरेका छन्  । आयोजना नेपाल सरकार, स्थानीय जनता, वित्तीय संघसंस्था र निजी क्षेत्रको लगानीमा बन्न लागेको हो । यो आयोजना विद्युत् उत्पादन तथा विकास कम्पनीअन्तर्गत निर्माण गरिने छ ।

आयोजनालाई कम्पनी मोडलमा सञ्चालन गर्दा नेपालीको लगानीमा निर्माण हुने छ उनले भने । यहाँका प्रत्येक घरधुरीले १ लाखका दरले सेयर लगानी गर्दा १५ अर्ब रुपैयाँभन्दा पनि बढी रकम जुट्छ, यो रकम १६ प्रतिशत हुन आउँछ ।
आयोजनामा सरकारको ३१ प्रतिशत, निजी क्षेत्रको १५ प्रतिशत र ३० प्रतिशत रकम टेलिकम, कर्मचारी सञ्चय कोष, बिमालगायत वित्तीय संस्थाले १ खर्ब रुपैयाँ सेयर लगानी गरेर निर्माण हुने उनले बताएका मन्त्रि शर्माले बताए ।

आयोजनालाई आवश्यक पर्ने ६ हजार रोपनी जग्गा अधिकरण गर्न  मुआब्जाका लागि ३ अर्ब बजेटको खाँचो पर्छ । आवश्यक पर्ने ८० प्रतिशत जग्गा अधिग्रहण नगरीकन निर्माण चरण जान नमिल्ने कानुनी प्रावधान भएको निर्देशक मोति बहादुर  कुँवरले बताएका छन् ।
 अबको २ वर्षमा आयोजनको डीपीआर पूरा हुन्छ, उनले भने त्यस लगत्तै निर्माण प्रकृया अगाडि बढाउनुपर्छ । यो जाजरकोटको मात्र होईन रास्ट्रिय गौरवको परियोजना हो अर्थ सरोकार संग कुवरले भने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी