
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० रुपैयाँमाथि तत्काल प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नेपाल राष्ट्रबैकले आपतकालीन बैठक बोलाएको छ । नक्कली नोटको कारोवार रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घोषणा गरेका हुन् ।
राष्ट्रबैकले आजको बैठकबाट अब के गर्ने भन्नेमा निर्णय लिनेछ । एक अधिकारीका अनुसार भारतीय रिजर्भ बैंकको समन्वयमा काम गरिनेछ । मुलत तराई क्षेत्रमा यस्ता नोटको प्रयोग हुँदै आएको थियो । कैयौ नेपाली भारतमा काम गरेर बसेका छन् । उनीहरु पनि यो निर्णयबाट प्रभावित हुनेछन् ।
नेपालमा भारतले प्रतिवन्ध लगाएका नोटलाई कसरी सटही दिने भन्नेमा विषेश सयन्त्र बनाउने बैंकको तयारी छ । बुधवार बिहानको आपतकालीन बैठकले विषेश निर्णय लिनेछ । भारतमा कालोधनका रुपमा ५ सय र एक हजार रुपैयाँको नोट लुकाएर राख्ने ठूलो समस्या छ ।
नेपाल भारत सीमा क्षेत्रमा पनि यसको ठूलो असर देखिनेछ । यसबाहेक उपचार, अध्ययन र घुम्नका लागि भारत जाने नेपालीहरु पनि मोदी सरकारको निर्णयबाट प्रभावित हुनेछन् ।
नेपाल राष्ट्र बैंकले यसअघि भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको १४ वर्षदेखिको बन्देज गत वर्षको फेब्रुअरीदेखि हटाएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्