
एजेन्सी – अघिल्लो मंगलबार राति १२ बजेपछि छोरा नरेन्द्र मोदीले ५०० र १००० दरका भारु नोट नचल्ने घोषणा गरिदिए। छोराले भारु नचल्ने घोषणा गरेपछि सारा भारतीयहरुले मात्र दुख पाएनन्, आफ्नै ९७ बर्षीय आमाले पनि दुख पाइन्।
अहिले अधिकांस भारतीयको काम भनेकै आफूसँग भएको ठूला दरका भारु साट्नु भएको छ। जस्तो एक बर्षअघि नेपालीहरुको पेट्रोल र ग्यासमा लाइन बस्नु जस्तै।

नोट साट्ने लाइनमा गुजरातको गान्धिनगरमा एउटा अचम्मको दृश्य देखियो। त्यो लाइनमा प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा पनि उभिएकी थिइन्। उनले साहाराबीना उभिन पनि सकिरहेकी थिइनन्।
४५०० भारु साट्न बैंकको लाइनमा बसेकी उनलाई पैसा साट्न एक डेढ घण्टै लाग्यो। उनले जसोतसो नोट साटिन्। बैंकका कर्मचारीहरुले मोदीकी आमा हिराबेनलाई सहारा दिएका थिए। उनीहरुकै मद्द लिएर हिरावेनले नोट साट्दा बैंकमा ल्याप्चे लगाइन्।

गान्धिनगरको रायसान गाउँस्थित ओरियन्टल बैंक अफ कमर्समा हिरावेनले पैसा साटेकी हुन्। उनीसँगै केही नातेदारहरु पनि पैसा साट्न गएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्