
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक सोमबारदेखि सुरु भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा सुरु भएको बैठकमा विभिन्न ६ वटा कार्यदलले तयार पारेको कार्ययोजनाका विषयमा छलफल केन्द्रित हुने पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।
गत कात्तिक ३ गते बसेको पार्टीको विशेष राजनीतिक समितिको बैठकले पार्टीको आगामी योजना, संगठन निर्माण, आर्थिक स्रोत परिचालन लगायतका विषयमा कार्ययोजना तयार गर्नका लागि ६ वटा कार्यदल निर्माण गरेको थियो। ६ वटा कार्यदलले तयार परेको कार्य योजनालाई मूर्तरुप दिन बैठक केन्द्रित हुने प्रवक्ता देवकोटाले बताए।
संगठन निर्माण सम्बन्धित कार्यदलले प्रत्यक्ष निर्वाचन प्रणाली र प्रत्याह्वानको व्यवस्थासहित पार्टीलाई आगामी महाधिवेशनसम्म स्थानीय तलहमा प्रत्यक्ष निर्वाचनको प्रक्रियामा लैजाने कार्ययोजना बनाएको देवकोटाले जानकारी दिए। आर्थिक स्रोत परिचालन सम्बन्धि कार्ययोजनामा पार्टीको खर्च व्यवस्थापनका लागि पार्टी सदस्यता तथा नवीकरण शुल्क निर्धारण गरिने उल्लेख गरिएको छ।
पार्टीको अगुवाईमा क्षेत्रगत रुपमा लघुवित्त कम्पनी, सहकारी संस्था, जलविद्युत आयोजना, होटल, कृषि सहकारी आदि संचालन गरी रोजगारी र स्वरोजगारी सृजना गर्ने प्रस्ताव पनि तयार गरेको प्रवक्ता देवकोटाले बताए। तीन दिनसम्म चल्ने बैठकमा पार्टी केन्द्रिय कार्य समितिका सदस्यहरु, आमन्त्रित सदस्यहरु, संरक्षण समितिका सदस्यहरु, विशेष आमन्त्रित सदस्यहरु सहित १ सय ५० जनाको सहभागिता रहेको पार्टीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्