Skip to content

एनबी इन्स्योरेन्सले प्रस्ताव गर्यो १०० प्रतिशत हकप्रद

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एनबि इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १ १ अर्थात्  १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ ।  इन्स्योरेन्सको कार्तिक २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट शत प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको हो । 

संचालक समितिको उक्त प्रस्ताव बिमा संस्थानले अनुमति दिएपछि र इन्स्योरेन्सको आगामी मङ्सिर १७ गते बोलाईएको साधारणसभाले पारित गरेपछि वितरण हुने छ । यस अघि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद जारी गरेको थियो । 
इन्स्योरेन्सले गत बर्ष ४ करोड ३६ लाख खुद नाफा कमाएको थियो । कम्पनीको चुक्तापुंजी २४ करोड ४९ लाख रहेको छ भने १०० प्रतिशत हकप्रद वितरणपछि चुक्तापुंजी ४८ करोड ९८ लाख पुग्ने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्