Skip to content
LAXMI SUNRISE BANK

बिद्युत प्राधिकरण भित्रै झडप भएपछि कर्मचारी नियुक्ति स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नेपाल बिद्दुत प्राधिकरण केन्द्रिय कार्यालयमा कर्मचारी नियुक्तिको लागि अन्तर्वाता चलिरहेको बेला झडप भएको छ ।  चलिरहेको अन्तर्वार्तामा आ आफ्ना मान्छे नपरेको भन्दै राजनीतिक दल  निकट ट्रेडयुनियनले हो हल्ला गरेपछि  झडप भएको थियो । झडपपछि केन्द्रिय कार्यालय प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।    
सहलेखापाल तहको चालु अन्तर्वार्तामा सत्तादल दल नेकपा माओवादी केन्द्र निकट नेताको दवावमा उमेदवार छनौट गरिएको भन्दै प्रमुख बिपक्षी नेकपा एमाले र सत्ता साझेदार कांग्रेस निकट ट्रेडयुनियनले विरोध जनाएपछि उक्त झडप भएको बताइएको छ।  झडपमा एक जना चालक घाइते भएका छन्।
झडपपछि अन्तर्वार्ता स्थगित गरिएको  छ। प्राधिकरणले २० जना सह लेखापालका लागि लिखित परीक्षा उत्तीर्ण गरेका उमेद्वारबाट अन्तर्वार्ता गरेको हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK