
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपालमा लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले यहाँ आज नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेको छ ।
चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो ।
भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासङ्घको बैंकिङ समितिका सभापति शङ्करप्रसाद पाण्डेलगायत नेपाली व्यवसायीले नेपाल विस्तारै राजनीतिक स्थिरतातर्फ अघि बढिरहेकाले यहाँ लगानीका अवसर प्रचुर रहेको जानकारी चिनियाँ प्रतिनिधिमण्डललाई दिए ।
महासङ्घका पदाधिकारीले ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माणका क्षेत्रमा युनानी लगानी परिचालन गर्न आग्रह गरेका छन् । चिनियाँ पक्षले महासङ्घ र युनानका व्यवसायी र उद्यमीबीच नियमित भेटवार्ता, व्यापारिक भ्रमण, सूचना तथा जानकारीहरुको आदानप्रदानमा जोड दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्