×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल र भारत बिचको परियोजना अनुगमन संयन्त्रको बैठक आज बस्दै

LAXMI SUNRISE BANK

नेपाल र भारत बिचको परियोजना अनुगमन संयन्त्रको बैठक आज बस्दै

१४ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा हुनेछ।
भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रनजीत रे र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्ने बैठकमा नेपालका परराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारी तथा भारतीय दुतावासका उपप्रमुख, आर्थिक मामिला प्रमुख लगायतको सहभागिता रहनेछ।
बैठकमा सीमापार रेल परियोजना, अन्तरसीमा विद्युत प्रशारण लाइन, हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय अनुदान र ऋणमा सञ्चालन हुने परियोजना लगायतका विषयमा छलफल हुनेछ।  भारतीय लगानीमा सञ्चालित परियोजना अनुगमन गर्न र त्यसमा देखिएका समस्या समाधान गर्न संयन्त्र गठन भएको हो।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी