
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १२ जना नेता कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ।रत्नपार्ककाे शान्ति वाटिकाबाट विराेध प्रदर्शनसहित लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जानलाग्दा प्रहरीले उनीहरूलार्इ नियन्त्रणमा लिएको हो ।
गिरप्तार पर्नेहरुमा माओवादी पाेलिट्ब्युराे सदस्य अनिल शर्मा ‘विरही’,केशव शर्मा, आकास भेटवाल, प्रकाश अधिकारी, धुर्व अधिकारी, टंक जोशी, दुर्गा अधिकारी, सुर्य भुजेलसहित पैतल यात्रा गरिरहेका सर्वसाधारण गरी १२ जना रहेका छन् ।
विप्लव माओवादीले गोर्खा रेजिमेन्टका नाममा नेपाली युवालार्इ भारतीय सेनामा भर्ना गर्न बन्द गर्नुपर्ने र कार्यरत गाेर्खा सेना फिर्ता गर्नु पर्ने माग राख्दै भारतीय दूतावासमा ज्ञापन बुझाउने कार्यक्रम राखेको थियो।
गाेर्खा रेजिमेन्टका भारतीय सेनालार्इ दाेस्राे दर्जाकाे सेनाकाे जस्ताे व्यवहार गरेर भारतले पाकिस्तानसँगकाे लडाँइकाे अग्र माेर्चामा खटाएकाे छ।
गिरप्तार परेका किरण पोखरेल ‘केशब’ ले भने भारतले लडाईंमा मारिएका नेपाली विमल तामाङ जस्ता सेनाकाे शवसमेत परिवारलार्इ बुझाउन अानाकानि गरिरहेकाे छ। र, नेपालमाथि हुँदै अाएकाे निरन्तरकाे हस्तक्षेपकाे हामीले बिराेधमा हामीले प्रदर्शन गरेका हाैं।
कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरानका विमल तामाङको मृत्यु भएको थियो ।
विप्लव माओवादीले पछिल्लो चरणमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र भारतीय हस्तक्षेपका बिरुद्ध निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।
गिरप्तार माओवादी नेता कार्यकर्तालाई अहिले भृकुटीमण्डवस्थित नेपाल पुलिस क्लवमा राखिएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्