×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेतृत्व चयनमै अलमलमा नेपाल तरुण दल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेतृत्व चयनमै अलमलमा नेपाल तरुण दल

Artha Sarokar

१ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – अधिवेशन चलेका चार दिन बितिसक्दा पनि नेतृत्व चयन हुन् सकी रहेको छैन । सन्दर्भ हो नेपाल तरुण दल को महाधिवेशनको ।  बुधबार पनि बिहानैदेखि कांग्रेस नेताहरु नेतृत्व चयनका लागि छलफलमा जुटेका छन् । मुख्यपदमा भागबण्डा गरेर नेतृत्व चयन गर्न सहमति भएको छ।
 सहमति अनुसार सभापति शेरबहादुर देउवा पक्षले अध्यक्ष सहित पदाधिकारी लिने, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महासचिव, कृष्णप्रसाद सिटौला पक्षले उपसभापति र खुमबहादुर खड्का पक्षले कोषाध्यक्ष लिनेगरी तरुण दलको नेतृत्व चयन हुने भएको छ ।  दिउँसोसम्ममा सबै समूहको नाम आएपनि नआएपनि अध्यक्ष लगायतका केही पदाधिकारीको नाम सार्वजनिक गर्ने तयारी भएको छ ।
 बाँकी कार्यसमिति पछि टुंगो लगाउने नेताहरुले बताएका छन् । तरुण दलको अध्यक्ष भने जीतजंग बस्नेत बन्ने निश्चित भएको छ। तरुण दलमा ४५ सदस्यीय निर्वाचित र बाँकी मनोनित गरेर ६१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।  प्रक्रिया नबढेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधि पोखरामा अन्यौलमा परेका छन् ।
निर्वाचन प्रक्रिया सुरु गर्नका लागि दलको संशोधित विधान आउने भनिए पनि निर्देशन समितिबाट विधान प्राप्त नभएका कारण निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन समितिका संयोजक बाबुराजा जोशीले जानकारी दिए ।  तर, नेताहरुबीच पुरानै विधान अनुसार नेतृत्व चयन गर्ने सहमति भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी