
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – दुरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा २५ प्रतिशतले बढाएको छ भने मूल्य आम्दानी अनुपात ६ गुणा पुर्याएको छ।
यस अवधिमा टेलिकमले ४ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थीक बर्षको यस अवधिसंगको तुलनामा ८३ करोडले बढी हो।
सेवा प्रवाहबाट टेलिकमले ११ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ भने ५ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ। जस मध्ये १ अर्ब ७४ करोड रुपैयाँ राज्यलाई कर तिर्नका लागि छुट्याएको छ। संचालन तथा मर्मतका लागि १ अर्ब ९४ करोड खर्च लागेको लिकमको विवरणमा उल्लेख छ। सेवा प्रवाह बापतको आम्दानी र खर्चको अन्तरनै टेलिकमको आम्दानी बढ्नुको प्रमुख कारण हो।
यस अवधिमा टेलिकमको चुक्ता पुंजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ७४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ। यस अवधिमा टेलिकमको प्रति शेयर आम्दानी ११० रुपैया ४८ पैसा, मूल्य आम्दानीको अनुपात ६ दशमलब २२ गुणा तथा नेट वर्थ प्रति शेयर ५९६ रुपैयाँ ९७ पैसा रहेको छ।
टेलिकमको मूल्य आम्दानी अनुपात ७ गुणा हुँदा र इपिएस ७५ रुपैयाँ हुँदा टेलिकमको लगानी सुरक्षित र प्रतिफल देखिन्छ। त्यस्तै बढी नेटवर्थ भएको कम्पनीमा लगानी बढी सुरक्षित मानिन्छ। यद्दपी नेपालका शेयर लगानीकर्तामा बोनस शेयर दिने कम्पनीहरु लगानीका लागि बढी प्राथमिकतामा पर्ने गर्छन। टेलिकमले बोनस शेयरको भन्दा नगद लाभांशलाई प्राथमिकतामा राख्ने भएकाले पनि लगानीकर्ताले त्यति चासो दिएको देखिदैन।
–
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्