×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस नगर सभापतिहरूको भेला काभ्रेको बनेपामा हुने,

PRIME CA
GLOBAL IME BANK

कांग्रेस नगर सभापतिहरूको भेला काभ्रेको बनेपामा हुने,

२३ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे -नेपाली कांग्रेस पार्टीको नगर सभापतिहरुको भेला पहिलो पटक काभ्रेको बनेपामा हुने भएको छ । नेपाली कांग्रेस बनेपा नगर समितिले दिएको जानकारी अनुसार कात्तिक २४ र २५ गते बनेपामा हुँदैछ । नगर सभापतिको भेला गत असोज ३ र ४ गते गर्ने भनिएपनि स्थगित गरिएको थियो ।
बनेपा नगर समितिका सभापति राम जोशीका अनुसार कात्तिक २४ र २५ गते बनेपामा नगर सभापतिहरूको भेला हुने निश्चित भएको छ । भेलामा देशभरका २ सय १७ नगर सभापतिसहित करिब २ हजार प्रतिनिधिको सहभागिता हुने बनेपा नगर समितिले जनाएको छ । भेलाका लागि १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।  नगर सभापतिहरुलाई बनेपा र धुलिखेलमा बस्नका लागि व्यवस्था गरिने समितिले जनाएको छ । सो अवसरमा काभ्रेको ऐतिहासिक नगरी पनौतीलगायत पर्यटकीय क्षेत्रको भ्रमण गराइने सभापति जोशीले बताए । 
भेलामा स्थानीय निकाय पुर्नसंरचनाबारे धारणा बनाउन र चैतमा हुने भनिएको स्थानीय निकाय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरण लगायतका एजेण्डामा छलफल गर्न तयारी स्वरुप नेपाली कांग्रेसले नगर सभापतिहरूको भेला बोलाएको हो । पार्टी विधानमा नै छैन नगरसभापतिको भेला गर्ने ब्यवस्था सम्मेलन आयोजक समिति संयोजक शान्तिरत्न शाक्यले कांग्रेस पार्टीका नेतृत्वलाई घचघचाउने उद्धेश्यले पहिलो पटक नगर सभापतिहरुको भेला बनेपामा गर्न लागेको बताए । 
नेपाली कांग्रेसको विधानमा नगर सम्मेलन गर्ने भन्ने अहिलेसम्म व्यवस्था छैन। स्थानीय तहको रुपमा नगर समितिहरुलाई पनि बलियो बनाउन आवश्यक छ । उनले अगाडि भने( ‘नगरलाई संगठित बनाउनको निमित्त पनि यो सम्मेलन गर्ने उद्धेश्यले बनेपा भेला गर्न लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: