×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस सभापति देउवाले आज मोदीलाई भेट्दै

PRIME CA
GLOBAL IME BANK

कांग्रेस सभापति देउवाले आज मोदीलाई भेट्दै

२३ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तिब्बती प्रधानमन्त्री लोब्साङ साङगेबीच अनौपचारिक भेटवार्ता भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले आयोजना गरेको ‘थिंक ट्यांक’ कार्यक्रममा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न पुगेका सभापति देउवाले निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँग अनौपचारिक कुराकानी गरेका हुन् ।
तिब्बत सरकारका निर्वासित पूर्व प्रधानमन्त्री दलाई लामाले शुक्रबार गोवामा भिडियोमार्फत कार्यक्रमको सम्बोधन गर्नुअगावै सभापति देउवाले प्रधानमन्त्री साङगेबीच एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो । तर के विषयमा कुराकानी भयो त्यसबारे जानकारी गराइएको छैंन ।
गोवामा भएको कार्यक्रमको वक्ता भाजपाका अध्यक्ष अमित शाह थिए । निर्वासित बौद्ध धार्मिक नेता समेत रहेका दलाई लामाले भिडियो मार्फत सम्बोधन गरेका थिए । स्रोतका अनुसार कार्यक्रम सुरु हुनुअघि नै देउवा र साङ्गेबीच भेट भयो,समारोहमा देउवाले बोलेपछि उनले दलाई लामाको भिडियो सम्बोधन समेत हेरेका थिए । त्यसपछि साङ्गेको सम्बोधन गरेका थिए ।
गोवाको कार्यक्रम सकिएसँगै आज मंगलबार सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । स्थानीय समयअनुसार उनले आज बिहान १०ः४० मा भेटवार्ता गर्ने भएका हुन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: