Skip to content
LAXMI SUNRISE BANK

नेप्से १३ बिन्दुले घट्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – तिहार र छठपर्वपछि खुलेको बजारमा आज १३ ०९ बिन्दुले नेप्से घटेर एक हजार ७४९ बिन्दुमा झरेको हो।  नेपाल स्टक एक्स्चेन्जका अनुसार लामो बिदापछि खुलेको बजारमा मंगलबार कुल १३४ कम्पनीको आठ लाख ८१ हजार ५३३ कित्ता सेयर रु ६८ करोड ७४ लाख ८८ हजार ७५५ मा बिक्री भएको हो।
 आज विशेष गरी होटल र फाइनान्स समूहको सेयर मात्रै बढेको छ भने अन्य समूहका सेयरको मूल्य घटेको छ। स्टकका अनुसार बैंकिङ १।०८, विकास बैंक शून्य, जलविद्युत् ०।९४, उत्पादन १।३९, बिमा ०।५४ र अन्य समूहको सेयर ०।१९ प्रतिशतले घटेको छ। यस्तै होटल ०।४८ र फाइनान्स समूह ०।१२ प्रतिशतले घटेको छ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK