×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०. २१ प्रतिशत ओरालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्से ०. २१ प्रतिशत ओरालो लाग्यो

Artha Sarokar

१८ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौ – बिहीवार नेप्से परिसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ । पहिलो कारोबारदेखि नेप्सेमा उतारचढाव देखा परेको छ । २ घण्टाको व्यापारमा नेप्से ३ दशमलव ६१ अङ्कले घटेर १ हजार ७ सय ५६ दशमलव १० विन्दुमा पुगेको हो ।

यस समयमा पनि विकास बैङ्क र वित्त कम्पनी समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा ९१ कम्पनीको १ हजार ५ सय २० पटकको व्यापारमा रू २२ करोड ४३ लाख बराबरको रकम कारोबार भएको छ ।

वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत र विकास बैङ्क समुहको शून्य दशलमव ५२ प्रतिशतले बढेको छ । त्यसैगरी, ‘अन्य’ समूहको परिसूचक १ दशमलव २९ प्रतिशतले घटेको छ ।

साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ५४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४७ प्रतिशत र बैङ्किङको शून्य दशमलव २१ प्रतिशतले घटेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी