
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । पहिलो कारोबारदेखि उकालो लागेको परिसूचक पौने १ घण्टा देखि भने स्थिर रहेको थियो । यस दिन १ घण्टाको व्यापारमा नेप्से १२ दशमलव ३८ अङ्कले बढेर १ हजार ७ सय ९ दशमलव २४ विन्दुमा पुगेको हो ।
यस समयमा जलविद्युत र वित्त कम्पनी समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा सिभिल बैङ्कको रू ९५ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रति कित्ता शेयर रू ३ सय २३ मा किनबेच भइरहेको छ ।
होटल समूहको परिसूचक १ दशमलव ४६ प्रतिशत र ‘अन्य’ समूहको १ दशमलव १३ प्रतिशतले बढेको छ । साथै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ९१ प्रतिशत, बीमाको शून्य दशमलव ८२ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव १४ प्रतिशतले बढेको हो । त्यस्तै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत र वित्त कम्पनी समूहको न्यून अङ्कले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्