×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ० ३६ प्रतिशत बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से ० ३६ प्रतिशत बढ्यो

Artha Sarokar

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । पहिलो कारोबार देखि बढिरहेको शेयर बजार १ घण्टाको व्यापारमा नेप्से ६ दशमलव २० अङ्कले बढेर १ हजार ७ सय १२ दशमलव ४८ विन्दुमा पुगेको हो ।
 यस समयमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस दिन पनि एभरेष्ट बैङ्क अग्र स्थानमा रहेको देखिन्छ । यस बैङ्कको रू। २ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रति कित्ता शेयर रू। ३ हजार ६ सय ९८ सयमा किनबेच भइरहेको छ ।
वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ७२ प्रतिशत, बीमाको शून्य दशलमव ५९ प्रतिशत र बैङ्किङको शून्य दशमलव ४ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव १२ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी