
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ -बुधवार नेप्से परिसूचक शून्य दशमलव शून्य १ प्रतिशतले बढेको छ । १ हजार ७ सय २ विन्दुबाट खुलेको बजार २ घण्टाको व्यापारमा शून्य दशमलव २४ अङ्कले बढेर १ हजार ७ सय २ दशमलव १५ विन्दुमा पुगेको हो ।
यस समयमा होटल समूह, वित्त कम्पनी समूह र बीमा समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय १७ कम्पनीको २ हजार ४९ पटकको व्यापारमा रू। ५७ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ ।
होटल समूहको परिसूचक १ दशमलव ३४ प्रतिशत, बीमाको १ दशमलव शून्य ५ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव १९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ९७ प्रतिशत, बैङ्किङ समूहको शून्य दशमलव २ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव १६ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्