×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से १ ५२ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से १ ५२ प्रतिशतले घट्यो

Artha Sarokar

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सोमबार नेप्से परिसूचक १ दशमलव ५२ प्रतिशतले घटेको छ । बजार खुलेदेखी ओरालो लागेको परिसूचक १ हजार ५ सय ७५ विन्दुमा पुगेको छ । १ घण्टाको व्यापारमा नेप्से २४ दशमलव ३३ अङ्कले घटेको हो । 
कारोबारमा आएका सबै समूहको परिसुचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा एभरेष्ट बैङ्कको रू २ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य  प्रति कित्ता शेयर रू। ३ हजार ४ सय ८० सयमा किनबेच भइरहेको छ ।
बैङ्किङ समूहको परिस१ ३ दशमलव ८९ प्रतिशत र बीमाको १ दशलमव ६७ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैङ्क समूहको परिसूचक १ दशमलव २२ प्रतिशत, होटेलको १ दशमलव ११ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ६२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४३ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ३३ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी