Skip to content
LAXMI SUNRISE BANK

नेप्से ०.५७ प्रतिशतले ओरालो लाग्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  नेप्से परिसूचक शून्य दशमलव ५७ प्रतिशतले घटेको छ । पौने १ घण्टाको व्यापारमा स्थिर रहेको बजार त्यसपछिको व्यापारमा भने घट्न थालेको हो । यस दिन १ घण्टाको व्यापारमा नेप्से ९ दशमलव ९९ अङ्कले घटेर १ हजार ७ सय ३९ दशमलव १३ विन्दुमा पुगेको हो ।
 यस समयमा उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा मुक्तिनाथ विकास बैङ्कको रू १ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रति कित्ता शेयर रू १ हजार ४ सय ४१ मा किनबेच भइरहेको छ ।
यूनिलिभर नेपालको शेयर मूल्य रू। २० ले बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले बढेको छ । साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK