- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेप्से परिसूचक १ दशमलव १६ प्रतिशत घटेको छ । यस दिन २ घण्टाको कारोबारमा परिसूचक २० दशमलव शून्य ४ प्रतिशत घटेर १ हजार ७ सय ४ दशमलव ४ प्रतिशत घटेको छ । सो अवधिसम्म होटल समूहबाहेक अन्य सबै समूहको परिसूचक घटेपछि नेप्से पनि ओरालो लागेको हो ।
कारोबारमा आएको होटल समूहको परिसूचक १ दशमलव ४७ प्रतशित बढेको छ । सो अवधिसम्ममा विकास बैङ्क समूहको परिसूचक १ दशमलव ५ प्रतिशत, बैङ्किङ समूहको १ दशमलव ४९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ९५ प्रतिशत र बीमा समूहको ७२ प्रतिशत घटेको छ ।
त्यसैगरी, वित्त समूहको शून्य दशमलव ४ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत घटेको छ ।