Skip to content
LAXMI SUNRISE BANK

४८ मिनेटमा ४८ अंकले घटेपछि नेप्सेमा सर्किट

अर्थ सरोकार

महत्त्वका साथ हेरिएको आइतबारको कारोबारमा बजार परिसूचक कारोबार सुरु भएको पहिलो एक घण्टामा ४८।८८ अंकले घटेपछि सर्किट ब्रेक लागेको छ।

कारोबार सुरु भएको कारोब ४८ मिनेटमा ४८ अंक अर्थात ३ प्रतिशतले बजार ओरालो लागेपछि आइतबारको कारोबार १५ मिनेटका लागि बन्द भएको छ। १५ मिनेटपछी खुला हुने कारोबार पुन: १ प्रतिशतले घट्यो भने कारोबार ३० मिनेटका लागि रोक्का हुने छ।

कारोबारको पहिलो ४८ मिनेटमा ८६ कम्पनीका २ लाख ४५ हजार शेयर खारिद बिक्रिबाट १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। छिल्लो समय नेप्सेमा सुचिकृत भएका कम्पनीहरुको बोनस र हकप्रद शेयर थपिएकाले माग र आपूर्तिबीचको सन्तुलन बिग्रिदा बजार ओरालो लागेको अनुमान गरिएपनि बजार घट्नुको ठोस कारण लगानीकर्ताको मनोबल गिर्नु रहेको बुझिएको छ।

गत साताको पहिलो दिनको कारोबारमा समेत नेप्से ४ दशमलब १ प्रतिशतले ओरालो लागेपछी आइतबारको कारोबार डेढ घण्टाको लागि बन्द भएको थियो।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK