×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.९१ प्रतिशतले बढ्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१.९१ प्रतिशतले बढ्यो नेप्से

Artha Sarokar

१५ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बुधवार नेप्से परिसूचक १ दशमलव ९१ प्रतिशतले बढेको छ । अघिल्लो दिनको बन्द विन्दुबाट खुलेको बजारमा सामान्य उतार चढाव देखा परेको छ । २ घण्टाको व्यापारमा नेप्से २९ दशमलव ६३ अङ्कले बढेर १ हजार ५ सय ८३ दशमलव ३१ विन्दुमा पुगेको हो । 
होटल, जलविद्युत र वित्त कम्पनी बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय १८ कम्पनीको ४ हजार ४ सय ६ पटकको व्यापारमा रू. ७० करोड ६९ लाख बराबरको शेयर कारोबार भएको हो ।
बैङ्किङ समूहको परिसूचक २ दशमलव ६२ प्रतिशतले बढेको छ । साथै, बीमा समूहको परिसूचक १ दशमलव ९८ प्रतिशत, विकास बैङ्कको १ दशमलव ३२ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव ५८ प्रतिशतले बढेको छ । त्यस्तै, होटल समूहको परिसूचक १ दशमलव शून्य २ प्रतिशत, वित्त कम्पनीको शून्य दशलमव २२ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी