
बजार परिसूचक नेप्से लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको चौथो दिन बुधबार बजार ३.५२ प्रतिशत अर्थात् ५४.६५ अंकले बढेर १६०८.३३ को उचाईमा पुगेर रोकिएको छ । यस दिन कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् ।
नेप्सेले यस अघि गत जेठ ३१ मा १६ सय अंक पार गरेको थियो ।
आजको कारोबारमा १ सय ३५ कम्पनीका १५ लाख २५ हजार ४ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३६ करोड बढीको कारोबार भएको छ। जसमा एभरेष्ट बैंकको मात्रै २० करोड बढीको कारोबार भएको छ भने अन्य बढी कारोबार हुनेमा बैंक अफ काठमान्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, सिद्दार्थ बैंक , नेपाल लाइफ इन्स्योरेन्स रहेका छन।
आजको कारोबारमा कमाउनेमा नेपाल इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, लक्ष्मी लघुबित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।
आजको कारोबारमा दर्जन बढी कम्पनीका शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
आजको कारोबारमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, युनाईटेड फाइनान्स, रिडी हाइड्रोपावर, नेपाल ग्रामिण विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्